सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुर | असार २३, २०८०
मकवानपुर: पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक शनिवार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ना ६ ख ६६६७ नं।को ट्रक चालक चितवन जिल्ला राप्ती नगरपालिका ८ का वर्ष २८ को रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका २ गोर्दीटारका वर्ष २१ को सुमन चेपाङ र ना ६ ख ६३१ नं।को ट्रक सहचालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ का वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घाइतेहरू तीन जना सवारी साधनमा च्यापिएको अवस्थामा रहेको बताउनुभयो । साथै दुर्घटनामा परी ना ६ ख ६६६७ नं.को ट्रकमा सवार जिल्ला राप्ती नगरपालिका ३ का वर्ष ३५ को विवेक तामाङ र ना ६ ख ६३१ नं.को ट्रक चालक मनहरी गाउँपालिका ३ का वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको छ । घाइतेहरूको उपचारको लागि भरतपुर पठाइएको जनाइएको छ । ट्रकमा लागेको आगो नियन्त्रणमा लिएर दुवैतर्फ बाटो सुचारु गरिएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

